काठमाडौं– नेपाली राष्ट्रिय महिला टोलीले युगान्डासँग ५ खेलको टी२० आई सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार नेपाली महिला टोलीले युगान्डासँग घरेलु मैदानमा सिरिज खेल्न लागेको जानकारी दिएको हो।
कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल जेठ २ गते हुनेछ।
दोस्रो ३ गते र तेस्रो ५ गते हुनेछ। यस्तै, चौंथो ६ गते र अन्तिम खेल ७ गते हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।