काठमाडौं- श्रीलंकाविरुद्धको टेस्ट सिरिज सुरु हुनुअघि बंगलादेशका अलराउन्डर शकिब अल हसनलाई कोरोना संक्रमण भएको छ। उनी अब मे १५ मा चटगाउँमा हुने पहिलो टेस्टका लागि उपलब्ध हुने छैनन्।
मंगलबार टोलीमा सहभागी हुनु अघि शकिबको र्यापिड एन्टिजेन टेस्ट र आरटीपीसीआर टेस्ट गरिएको थियो। दुवैको रिपोर्ट पोजिटिभ आएको थियो।
सोमबारदेखि चटगाउँमा बंगलादेशको टोली अभ्यास गर्दै आएको थियो। शकिब भने बुधबारदेखि अभ्यास गर्ने तयारीमा थिए।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले विज्ञप्ति जारी गर्दै शकिबलाई अब आइसोलेसनमा राखिने र उपयुक्त समयमा पुन: परीक्षण गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।