काठमाडौं- भ्रमणकारी टोली जिम्बावे ‘ए’ले अन्तिम तथा तेस्रो खेलमा नेपाललाई २१४ रनको लक्ष्य दिएको छ।
सोमबार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ३२.१ ओभरमा सबै विकेट गुमाएर रन २१३ बनाएको हो।
जिम्बावेका लागि तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए। उनले ३१ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
यता, कुडजाई माउन्जेले ३४ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाए। रोय काइयाले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाए।
यस्तै, टोनी मुन्योंगाले २४, ल्यूक जोङ्गवेले १९, सेफस झुवाओलेले १६ र इनोसेन्ट काइयाले १२ रन बनाए।
नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए। उनले ७ ओभर बलिङ गर्दै १ मेडनसहित ४३ रन खर्चिए।
यता, सोमपाल कामीले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।