काठमाडौं- घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’ बीचको अन्तिम तथा तेस्रो एकदिवसीय अभ्यास खेल वर्षाका कारण प्रभावित बनेको छ।
खेल कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि ९ बजे हुनुपर्ने टस अझै भएको छैन। कीर्तिपुर क्षेत्रमा शनिबार बेलुका वर्षा भएको थियो।
टीयु मैदानमा दुवै टोलीका खेलाडी आइसकेका छन्। म्याच रेफ्री र अम्पायरले ९:३० बजे मैदान निरीक्षण गरेपछि टस हुने या नहुने निर्णय लिनेछन्।
तीन एक दिवसीय अभ्यास खेल १–१ को बराबरीमा छ। पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो। यस खेल जित्ने टोलीले अभ्यास सिरिज पनि जित्नेछ। दुवै टोली जितका साथ अभ्यास अन्त्य गर्न चाहन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।