काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार भ्रमणकारी टोली जिम्बावे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दैछ। घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एक दिवसीयमा जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो।
खेल टीयू क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ। नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्ने योजनामा छ।
तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ। यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो।
पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो।
तर, दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो। जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो।
यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।