काठमाडौं– वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान शिमरोन हेटमायरले इन्डियन प्रिमियर लिग (आईपीएल) बिचैमा छाडेका छन्।
आफ्नो पहिलो सन्तान जन्मेका कारण हेटमायरले राजस्थान रोयल्स छोडेका हुन्। उनी गुयाना फर्किएका छन्।
२५ वर्षीय वेस्ट इन्डिज खेलाडीले भने, ‘मेरो सामान अझै कोठामा छ।’ उनले आईपीएलको बाँकी सिजन खेल्न फर्कने संकेत गरेका छन्। राजस्थानको टोली अंक तालिकाको तेस्रो स्थानमा छ र मे २४ बाट सुरु हुने प्लेअफमा पुग्ने दाबेदार जस्तो देखिन्छ।
हेटमायरले अंक तालिकामा तेस्रो स्थानमा पुग्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनले टिममा फिनिशरको भूमिका खेल्दै ७२ को औसतमा २९१ रन बनाएका छन् भने ११ इनिङ्समा ७ पटक अपराजित रहेका छन्।
डेथ ओभर (१७–२०) मा उनको अंक उत्कृष्ट रहेको छ, जहाँ उनले २१४.२८ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनी कम्तिमा ३० बल खेलेका खेलाडीहरूमध्ये शीर्ष पाँच आक्रमणकारी फिनिशरमा पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।