काठमाडौं– तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको कसिलो बलिङ गरेसँगै भ्रमणकारी जिम्बावे ‘ए’ले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ३१.५ ओभरमा सवै विकेट गुमाउँदै रन ८७ बनाएको हो।
जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए। उनले ४२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
यता, ब्राडली इभान्सले अविजित रहँदै ३५ बलमा १ चौका र १ छक्कासहित २० प्रहार गरे। सेफस झुवाओलेले १० रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि सोमपाल र करणले ३/३ विकेट लिए। करणले ८ ओभरमा ३ मेडनसहित १७ रन दिए। यता, सोमपालले ७ ओभरमा १६ रन दिएर ३ विकेट लिए।
सन्दीप लामिछानेले २ विकेट लिँदा सागर ढकालले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।