काठमाडौं– घरेलु टोली नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा भ्रमणकारी जिम्बावे ‘ए’ लाई १३७ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रन बनाएको हो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। उनले ७० बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, करण केसीले ३६ बलमा ३ चौकासहित २५ रन बनाए।
यता मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले २० बलमा ३ चौकासहित १८ रन बनाए। ओपनर कुशल भुर्तेल १९ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन्।
जिम्बावेका लागि ब्राडली इभान्सले सर्वाधिक ४ विकेट लिए। उनले ८.३ ओभर बलिङ गर्दै २७ रन खर्चिए। यता, भिक्टर न्याउची, ब्रेन्डन माभुता र सेफस झुवाओले २/२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।