काठमाडौं– घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले पहिलो एकदिवसीय अभ्यास खेलअन्तर्गत केहीबेरपछि जिम्बावेविरुद्ध खेल्न लागेको हो।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जिम्बावेका कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।
घरेलु समर्थकको साथ पाएको नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै तीन अभ्यास खेलमा अग्रता लिने लक्ष्यमा हुनेछ।
यता, जिम्बावे पनि अन्तिम टी२० खेलमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा हुनेछ। तीन टी२० अभ्यास खेल १–१ को बराबरीमा सकिएको थियो।
आइतबार पहिलो अभ्यास खेलमा ६ विकेटले पराजित भएको नेपालले बुधबार जिम्बावेमाथि ८ विकेटको सानदार जित निकालेको थियो।
सोमबारको दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो।
शुक्रबारको खेलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सागर ढकाललाई मौका दिएका छन्।
प्ले ११ : सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, सुशन भारी र सागर ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।