काठमाडौं- दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सका साथै केभिन पिटरसनको स्वामित्वमा रहेको समूहले दक्षिण अफ्रिकाको नयाँ टी२० प्रतियोगितामा फ्रेन्चाइजी किन्न इच्छुकता देखाएका छन्।
आउँदो जनवरीमा सुरु हुने प्रतियोगितामा ६ टोली सहभागी हुनेछन्। जसले प्रत्येक टोलीसँग दुई पटक भिड्नेछन्। ३० लिग खेलपछि प्लेअफका खेलहरू खेलाइनेछन्।
क्रिकेट दक्षिण अफ्रिकाका अनुसार यो प्रतियोगिताको पहिलो संस्करण जनवरी २०२३ मा खेलिने र भविष्यमा सोही समय सीमामा आयोजना हुनेछ।
आयोजकले इन्डिय प्रिमियर लिग (आईपीएल)पछि विश्वको दोस्रो उत्कृष्ट टी२० लिग बनाउने लक्ष्य लिएको छ।
यस नयाँ लिगलाई सफल बनाउन क्रिकेट दक्षिण अफ्रिकाले आईपीएलका पूर्व प्रमुख अपरेटिङ अफिसर (सीओओ) सुन्दर रमनलाई लिएको छ। रमनको यस लिगमा १२.५ प्रतिशत सेयर रहेको छ। बोर्डको ५७.५ प्रतिशत र ब्रोडकास्टर सुपरस्पोर्टको बाँकी ३० प्रतिशत स्वामित्व रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।