काठमाडाैं-इन्डियन प्रिमियर लिग (आईपीएल)को सर्वाधिक सफल फ्रेन्चाइजी टोली मुम्बई इन्डियन्सले घाइते टिमल मिल्सको स्थानमा दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई आफ्नो टोलीमा समावेश गरेको छ।
मिल्सले यो सिजन पाँच खेल खेलेका थिए। खुट्टामा चोट लाग्नुअघि उनले ६ विकेट लिएका थिए।
२१ वर्षीय स्टब्स मध्यक्रमका प्रतिभाशाली ब्याट्सम्यान हुन्। उनी २० लाख भारुमा मुम्बईका नयाँ खेलाडी बन्नेछन्।
स्टब्सले १७ टी२० आईमा १५७.१४ को स्ट्राइक रेटमा तीन अर्धशतकसहित ५०६ रन बनाएका छन्। यसबाहेक उनले ८ फर्स्ट क्लास र ११ लिस्ट ए खेल पनि खेलेका छन्।
स्टब्स जिम्बाब्वे भ्रमणका लागि दक्षिण अफ्रिका ए टोलीमा पनि थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।