काठमाडाैं-नेपाली क्रिकेट टोलीकी बायाँ हाते अलराउन्डर सीता रानामगरसम्मिलित टोर्नाडोस वुमन्सले फेयर ब्रेक इन्भिटेसनल टी२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
बिहीबार राति सम्पन्न खेलमा टोर्नाडोसले साफायर वुमन्सलाई १७ रनले हराउँदै विजयी सुरुवआत गरेको हो।
जितका लागि १ सय २० रनको विजयी लक्ष्य पछ्याएको साफायरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २ रन बनायो। त्यसका लागि बाबेट डि लिडेले सर्वाधिक २४ रन बनाइन्। उनले १४ बलमा ४ चौका प्रहार गरिन्।
यता, गेबी लेविसले ३४ बलमा २ चौकासहित २२ रन् बनाइन्। यस्तै, कप्तान साना मिरले १८ र तश फर्नाटले ११ रन बनाइन्।
डायना बैग र विनिफ्रेड डुरईसिंगाले २-२ विकेट लिइन्। यता, सीताले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन्।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम दुबईमा टस हारेर ब्याटिङ थालेको टोर्नाडोस वुमन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो। उसका लागि स्टेरे कलिसले सर्वाधिक ३२ रन बनाइन्। उनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्।
यता, क्याटी मार्टिनले २२ बलमा ३ चौकासहित २२ रन बनाइन्। एलिया रियाज २०, कप्तान स्टेफनी टेलर १९, र शोफी डेवनी १० रनमा आउट भइन्।
साफायरकी शवनिम इस्माइलले ३ विकेट लिइन्। गीतिका कोडालीले २ विकेट लिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।