धनगढी–‘धनगढी सुपर लिग’ आगामी जेठ ५ गतेबाट आयोजना हुने भएको छ। लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा हुने प्रतियोगिता जेठ ५ देखि १३ गतेसम्म हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
प्रतियोगिता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सञ्चालन हुने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहने लिगका संयोजक वीरेन्द्र वडले जानकारी दिए ।
टी२० फम्र्याटमा सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याचレ लाई नगद २ हजार पाँच सयसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।