काठमाडौं- पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट आगामी कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ।
आयोजक ईपीएल क्रिकेटले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २६ देखि मंसिर १० गतेसम्म हुने जानकारी दिएको हो।
यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको ईपीएलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।