काठमाडौं– फास्ट ब्याटिङ र लामो छक्काका लागि परिचित छ टी२० क्रिकेट। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पनि छक्का धेरै प्रहार भएका छन्। तर, अचम्मको कुरा के छ भने यो सिजन शीर्ष स्थानमा रहेको टोली गुजरात टाइटन्सले सबैभन्दा कम छक्का प्रहार गरेको छ।
यो सिजन गुजरातका ब्याटरको ब्याटबाट मात्र ५१ छक्का प्रहार भएका छन्। टोलीका लागि डेभिड मिलरले १२ छक्का प्रहार गरेका छन्।
यता, लखनऊ सुपर जयान्टले यस सिजन पहिलो पटक आईपीएल खेल्दै छ। तर, यो टोलीले अद्भुत खेल प्रदर्शन गरिरहेको छ। अहिलेसम्म खेलेका १० खेलमा टोलीले ७ जित निकालेको छ। यो टोलीले आईपीएलमा सबैभन्दा धेरै छक्का प्रहार गरेको छ।
यस सिजनमा टोलीका ब्याटरले अहिलेसम्म ६८ छक्का प्रहार गरेका छन्। लखनऊबाट खेलिरहेका कप्तान केएल राहुलले मात्रै १० खेलमा २० छक्का प्रहार गरेका छन्। उनी सर्वाधिक छक्का प्रहार गर्नेमा पाँचौं स्थानमा छन्।
आईपीएलको यस सिजन सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी हुन् जोस बट्लर। राजस्थान रोयल्सका यी ब्याटरले १० खेलमा ३६ छक्का प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।