काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई वरीयतामा नेपाल एक स्थान खस्किएको छ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल टी२० आईमा १३औं स्थानमा पुगेको हो। यसअघि नेपाल १२औं स्थानमा थियो।
नेपाल पछिल्लो १० टी२० आई खेलमा मात्र १ खेलमा पराजित भएको छ। नेपाल दुई महिनाअघि ओमानमा भएको टी२० विश्वकप छनोटमा एक खेल हारेको थियो।
लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी२० आई सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो। नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो।
टी२० आई वरीयतामा भारत पहिलो स्थानमा छ। दोस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।