• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : चेन्नई र बैंग्लोरबीच ‘डू अर डाइ’को भिडन्त

64x64
नेपाल लाइभ बुधबार, वैशाख २१, २०७९  ०८:४८
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनको ४९औं खेल बुधबार ४ पटकको उपाधि विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुँदै छ। पुणेको एमसीए स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजेबाट सुरु हुनेछ। 

बैंग्लोरले सिजनको सुरुमा लगातार खेल जित्दै आएको थियो। तर, अहिले हार बेहोरिरहेको छ। योसँगै चेन्नईले हारबाट बच्न महेन्द्र सिंह धोनीको हातमा फेरि कमाण्ड सुम्पेको छ। यस्तो अवस्थामा आज रोचक भिडन्त हुने अनुमान गरिएको छ ।

चेन्नईले कप्तान परिवर्तनपछि पुन: लड्ने साहस देखाएको छ। सनराइजर्स हैदरावादजस्तो बलियो बलिङ आक्रमण भएको टोलीलाई १३ रनले हराउँदै चेन्नईले प्लेअफ सम्भावना जीवित्तै राखेको छ। आइतबार भएको खेलमा चेन्नईका ओपनर ऋतुराज गायकवाडले सर्वाधिक ९९ र डेभन कन्वेले ८५ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए।

आजको खेलमा पनि चेन्नईले आफ्नो शीर्ष क्रमबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ। दीपक चाहरको स्थानमा टिममा थपिएका बलर मुकेश चौधरी अन्ततः लयमा आएका छन्। उनले अन्तिम खेलमा ४ विकेट लिएर टोलीको जितमा ठूलो भूमिका खेलेका छन्। महेश ठेक्षानासँग मिलेर उनले फेरि एकपटक म्याच जित्ने बलिङ प्रयास देखाउन सक्छन्।

यता, बैंग्लोरका लागि पावर प्लेमा तीव्र गतिमा रन बनाउन नसक्नु ठूलो समस्या हो। विराट कोहली लयमा फर्किए। शनिबार गुजरात टाइटन्ससँग भएको खेलमा कोहलीले ५३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए। यस सिजन खराब लयबाट गुज्रिएका कोहलीले टी२० मा सुस्त शैलीमा अर्धशतक पूरा गरेका थिए।

कोहलीको यसअघिको प्रदर्शन सम्झन लायक थिएन। कोहली सनराइजर्स हैदराबाद र लखनऊ सुपर जायन्ट्सविरुद्ध लगातार गोल्डेन डक हुन पुगेका थिए। 

यता, कप्तान फाफ डू प्लेसीको प्रदर्शनमा निरन्तरताको कमी देखिएको छ। उनी गुजरातविरुद्धको खेलमा ४ बल खेल्दै शून्य रनमा आउट भएका थिए। यता, अन्तिममा आएका दिनेश कार्तिकले इनिङ्सलाई टच दिन सकेनन्।

बैंग्लोरसँग ठूला नाम अवश्य छन्। तर, मैदानमा नाम होइन, काम आफैं बोल्छ। १/२ खेल हारे यो टोली प्लेअफको दौडबाट पनि बाहिरिन सक्छ। यस्तो अवस्थामा बैंग्लोर एक भएर मैदानमा आउनुपर्दछ, जहाँ प्रत्येक खेलाडीले टोलीप्रति आफ्नो जिम्मेवारी बुझ्दछन्।

nimb
nimb
Ncell 2
Ncell 2

जडेजाको डर
बैंग्लोरको ब्याटिङमा सबैभन्दा ठूलो खतरा हुन् रविन्द्र जडेजा। जडेजाविरुद्ध बैंग्लोरको ब्याटिङ रेकर्ड निकै निराशाजनक रहेको छ। जडेजाले टी२० मा ग्लेन म्याक्सवेललाई ७ पटक आफ्नो शिकार बनाएका छन्। जम्मा १३ इनिङ्समा म्याक्सवेलले जडेजाको ५३ बलमा १३४ को स्ट्राइक रेटमा रन बनाएका छन्। 

म्याक्सवेलबाहेक टिमका अर्का बलियो ब्याट्सम्यान कोहलीले यी बायाँ हाते स्पिनर बलरविरुद्ध खेल्न सकेका छैनन्। कोहली १६ इनिङ्समा ३ पटक जडेजाको बलको शिकार भएका छन्। यस अवधिमा उनको स्ट्राइक रेट पनि १०८ मात्र रहेको छ। कोहलीले जडेजाको १२३ बलमा १३३ रन बनाएका थिए। 

तर, कोहलीले चेन्नईविरुद्ध आईपीएलमा कुनै एक फ्रेन्चाइजीविरुद्ध सबैभन्दा बढी ९४९ रन (२८ इनिङ्स) बनाएका छन्। उनले चेन्नईविरुद्ध ९ अर्धशतकसहित आफ्नो आईपीएल करिअरको सर्वाधिक अर्धशतक पनि बनाएका छन्।

दिनेश कार्तिक पनि टी२० मा ३ पटक जडेजाको शिकार भएका छन्। जडेजाबाहेक चेन्नईका मिडियम पेस फास्ट बलर ड्वेन ब्राभोले पनि बैंग्लोरका ब्याट्सम्यानलाई खेलमा आछुआछु पार्न सक्छन्। 

ब्राभोले टी२० मा म्याक्सवेल र कार्तिकलाई ४/४ पटक प्याभिलियनको बाटो देखाएका छन्। तर, यस अवधिमा दुवै ब्याट्सम्यानले ब्राभोविरुद्ध क्रमशः १६७ (३६ बलमा ६० रन) र १४४ (३४ बलमा ३९ रन)को स्ट्राइक रेटमा रन बनाएका छन्। ब्राभोले कोहली र डु प्लेसिसलाई पनि २/२ पटक आउट गरेका छन्।

पटेलबाट आश
चेन्नईका अधिकांश ब्याट्सम्यानहरू बैंग्लोरका बलरहरूमाथि हावी छन्। तर, अम्बाती रायडुलाई बैंग्लोरका फास्ट बलर हर्षल पटेलविरुद्ध खुलेर खेल्न निक्कै गाह्रो छ। रायुडुले टी२० मा हर्षलको बलमा कुल ५ पटक विकेट गुमाइसकेका छन्। उनले हर्षलबाट ४४ बलमा १२३ को स्ट्राइक रेटमा ८ इनिङ्समा ५४ रन बनाएका छन् ।

रायुडुबाहेक धोनीले पनि हर्षलको बलमा हात खोल्न सकेनन्। टी२० मा धोनी हर्षलको बलमा २ पटक आउट भएका छन्। ७ इनिङ्समा उनले हर्षलको ३१ बलको सामना गर्दै ७७ को स्ट्राइक रेटमा २४ रन बनाएका छन् ।

रोबिन उथप्पाले हर्षलको बलमा १९७ रन बनाएका छन् भने ऋतुराज गायकवाडले २०० रन बनाएका छन्।
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट बिहीबार, जेठ २८, २०८३
फ्लाई दुबईले पाेखरा-दुबई दैनिक उडान भर्ने बिहीबार, जेठ २८, २०८३
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल बिहीबार, जेठ २८, २०८३
लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न मन्त्रालयलाई निर्देशन बिहीबार, जेठ २८, २०८३
बजेट समता र सामाजिक न्यायमा केन्द्रित छ : अर्थमन्त्री बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्