काठमाडाैं-यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार २०२३ मा अफ्रिकामा हुने विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४४ बाट १८ खेलाडी छनोट गरिएको जनाएको हो।
धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू-१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनोट गरेको हो।
यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी छन्।
छनोट भएका खेलाडी :
किरण कुँवर, सोनु राजवंशी, टीका शाह, सृष्टि धामी, सावित्री धामी, अलिशा यादव, रञ्जु श्रेष्ठ, अञ्जली बिके, हिरणमयी रोय, अलिशा खाडिया, कृतिका मरासानी, उपाध्याय, मिनिश स्नेहा महरा, निसा शाह, मिनिषा राना मगर, प्रतिमा शाह, ज्योतनिस्का मरासानी, मनिषा चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।