काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको दोस्रो टी२० खेल पानीले विथोलेको छ।
नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्वको तीन टी२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो।
तर, कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर बलिङ गरिरहँदा खेल वर्षाका कारण रोकिएको हो।
जिम्बावेले ४.३ ओभरमा दुई विकेट गुमाउँदै ४८ रन बनाएको छ। कुडजाई माउन्जे २२ रनमा अविजित रहेका छन्। यस्तै, रोय काइया १ रनमा अविजित रहेका छन्।
यता, तादिवानाशे मारुमनी २१ र इनोसेन्ट काइया शून्य आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।