काठमाडौं– नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्वको तीन टि२० अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा टोलीमा एक परिवर्तन गरेका छन्। आरिफ शेखको स्थानमा नेपालले भीम सार्कीलाई मौका दिएका छन्।
नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने लक्ष्य हुनेछ। यता, जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।