काठमाडौं– ‘सुपर सन्डे’ को पहिलो खेल दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सबीच हुनेछ। इन्डियन प्रिमियर लिग (आईपीएल)को ४५औं खेल मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा खेलिनेछ, जसलाई ‘उत्तर भारतीय डर्बी’ पनि भनिन्छ।
दुवै टोलीका ओपनरहरू फर्ममा रहेकाले कतै न कतै यो खेल उनीहरूको प्रदर्शनमा भर पर्छ। तर, दुवै टोलीमा केही बलर छन्, जसले यी ब्याट्सम्यानमाथि ब्रेक लगाउन सक्छन्।
वार्नरलाई रविको चिन्ता
सुरुका केही खेलबाहेक डेभिड वार्नर यस आईपीएलमा उत्कृष्ट फर्ममा छन्। उनले यो सिजन ६ इनिङ्समा ५२.१८ को औसत र १५८.१८ को स्ट्राइक रेटमा २६१ रन बनाएका छन्। तर, युवा लेग स्पिनर रवि बिश्नोईसँग वार्नरलाई रोक्न सक्ने क्षमता छ। यस आईपीएलमा अहिलेसम्म शान्त रहेका बिश्नोईको नाममा वार्नरविरुद्ध केही रेकर्ड छन्।
बिश्नोईले वार्नरलाई ३ इनिङमा ३ पटक आउट गरेका छन्। यो सिजन लेग स्पिनरविरुद्ध वार्नरको प्रदर्शन पनि राम्रो हुन सकेको छैन। उनी २ पटक प्याभिलियन फर्किसकेका छन्। यो अवधिमा वार्नरले स्पिनरविरुद्ध १९.५ को औसतमा रन बनाउन सकेका छन्। अब लखनऊका कप्तान केएल राहुलले वार्नरलाई रोक्न आफ्नो स्पिनरलाई पावरप्लेमा ल्याउँछन् कि ल्याउँदैनन् त्यो हेर्न बाँकी छ।
यता, अक्षर पटेलले लखनऊका कप्तान राहुललाई ४ इनिङमा २ पटक आउट गरेका छन्। यस अवधिमा राहुल ८ को औसत र ७६ को स्ट्राइक रेटमा रन बनाउन सफल भएका छन्। यसबाहेक अक्षरले ३ इनिङ्समा २ पटक जेसन होल्डरलाई पनि आउट गरेका छन्।
क्रुणालबाट आश
मध्य ओभरमा बायाँ हाते स्पिनर क्रुणाल पाण्ड्याले दिल्लीका कप्तान तथा बायाँ हाते ब्याट्सम्यान ऋषभ पन्तलाई समस्यामा पार्न सक्छन्। पछिल्लो ३ खेलमा मात्रै ४.९१ को इकोनोमीमा ६ विकेट लिएका पाण्ड्या फर्ममा फर्किएका छन्। उनी सुनिल नारायणपछि यो सिजनको सबैभन्दा राम्रो लयमा रहेका बलर हुन्। उनको इकोनोमी ६.१८ मात्र छ। योसँगै उनले पन्तलाई टी२० खेलमा ३ पटक आउट गरेका छन् ।
शार्दुललाई चुनौती
विगत एक वर्षयता अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटमा उत्कृष्ट लयमा रहेका शार्दुल ठाकुरको ‘अच्छे दिन’ सकिएको देखिन्छ। शार्दुलले यो वर्ष ८ खेल खेलेका छन् र उनको नाममा ४ विकेट मात्र छ। यस आईपीएलमा उनको औसत ६४ र इकोनोमी ९.७२ रहेको छ। पछिल्ला ३ खेलमा उनले लगातार कुनै विकेट लिन सकेका छैनन्। यस्तो अवस्थामा लखनऊविरुद्ध उनी फर्म फर्किने सम्भावना कम देखिन्छ।
लखनऊका ओपनर क्विन्टन डी कक र राहुलविरुद्ध उनको कीर्तिमान खासै राम्रो छैन। डी ककले उनीविरुद्ध ८३ को औसत र १६० को स्ट्राइक रेटमा रन बनाएका छन् भने राहुलको अंक ५९ र १९० हो। शार्दुलले उनीहरूलाई क्रमशः ८ र ५ इनिङ्समा एक पटक मात्रै आउट गर्न सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।