काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को साविक विजेता टोली चेन्नई सुपर किंग्सको कप्तानमा महेन्द्र सिंह धोनी नियुक्त भएका छन्।
चेन्नईले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् धोनीलाई कप्तान बनाइएको घोषणा गरेको छ। चेन्नईको अर्को खेल आइतबार साँझ पुणेमा सनराइजर्स हैदरावादसँग हुनेछ।
यो सिजन सुरु हुनुअघि चेन्नईको भविष्यलाई ध्यानमा राखेर धोनीबाट जडेजालाई कप्तानी हस्तान्तरण गरिएको थियो। जडेजाको कप्तानीमा चार पटकको उपाधि विजेता चेन्नईले आठ खेलमध्ये दुई खेल मात्र जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।