काठमाडौं– घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको खेल तालिका परिमार्जन भएको छ।
यसअघि यी दुई टोलीबीच तीन एकदिवसीय सिरिज पहिले हुने तय थियो। तर, टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षा हुँदा ९:३० बाट सुरु हुने भनिएको खेल टससमेत नभइ स्थगित भएको थियो।
खेल स्थगित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले तालिका परिमार्जन गरिएको हो। क्यानका अनुसार आइतबारदेखि टी२० खेल हुने छ। तीन खेलको टी२० सिरिजपछि तीन एकदिवसीय खेल हुनेछ।

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप जिम्बावे ‘ए’सँग सिरिज खेल्न लागेको हो।
क्यानले जिम्बावे ‘ए’ सँगको एकदिवसीय सिरिजका लागि शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। तर, टी२० टोलीको भने घोषणा गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।