काठमाडौं- युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुविना र सीतालाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि सहभागी थिए। रुबिना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन्।
रुबिनाले द बर्मी आर्मी र सीताले द टोर्नडोसबाट खेल्नेछन्। प्रतियोगितामा ६ टोली सहभागी छन्। ती टोलीमा विश्वका स्टार खेलाडीले सहभागी जनाउने छन्। रुबिनाले इंग्ल्यान्डकी कप्तान हेदर नाइट र सीताले स्टेफनी टेलरको कप्तानीमा खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।