काठमाडौं- जुन–जुलाईमा श्रीलंकामा हुने सिरिजका लागि अस्ट्रेलियाले चार टोलीको घोषणा गरेको छ। यी मध्ये एक टोली अस्ट्रेलिया ‘ए’ हो। अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सलाई टी२० सिरिजबाट विश्राम दिइएको छ। यसैबीच, एडम जाम्पा बिदामा रहेका कारण श्रीलंका भ्रमणका लागि टोलीमा रहने छैनन्।
भ्रमण टोलीले श्रीलंकामा तीन टी२०, पाँच एकदिवसीय र दुई टेस्ट म्याचको सिरिज खेल्ने छ। अस्ट्रेलियाको जुनियर टोलीले श्रीलंकामा दुई एकदिवसीय र दुई चारदिवसीय खेल पनि खेल्नेछ।
दुवै फर्म्याटका खेलका लागि अस्ट्रेलिया ‘ए’ टोली मात्र छनोट भएको छ। यद्यपी, टोलीको कप्तानको घोषणा भने भइसकेको छैन।
सीमित ओभरको खेलमा टिमका धेरै अनुभवी खेलाडी छन्। ग्लेन म्याक्सवेल, डेभिड वार्नर, म्याथ्यू वेड, जोस हेजलवुड, मिचेल मार्स, मिचेल स्टार्क, जे रिचर्डसन, केन रिचर्डसन, स्टिभ स्मिथ जस्ता खेलाडी पाकिस्तानमा भएको सिरिजमा टोलीमा थिएनन्।
उनीहरु सबै श्रीलंकाविरुद्धको सिरिजका लागि राष्ट्रिय टोलीमा फर्किने छन्। तर, वेड, केन र जे टी२० सिरिजका लागि मात्रै टोलीमा छनोट भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।