काठमाडौं- घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीच पहिलो एकदिवसीय खेल वर्षाको कारण प्रभावित बनेको छ।
खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहान ९:३० सुरु हुने तय थियो। तर, आउटफिल्ड भिजेपछि ९ बजे हुनुपर्ने टस अझै भएको छैन। कीर्तिपुर क्षेत्रमा शुक्रबार बेलुकादेखि नै वर्षा भइरहेको छ।
टियु मैदानमा दुवै टोलीका खेलाडी आइसकेका छन्। वर्षा नरोकिएपछि दुवै टोलीका खेलाडीहरु पेभेलिएन बक्समा बसिरहेका छन्। समयमै वर्षा रोकिए खेल ओभर घटाएर हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।