काठमाडौं- क्रिकेट दक्षिण अफ्रिकाले नयाँ घरेलु टी२० प्रतियोगिताको घोषणा गरेको छ।
यो प्रतियोगिताको पहिलो संस्करण जनवरी २०२३ मा खेलिने र भविष्यमा सोही समय सीमामा आयोजना हुने अपेक्षा गरिएको छ।
सीईओ फोलेत्सी मोसेकीले भने, ‘हामी यो नयाँ प्रतियोगिताबाट उत्साहित छौं।’
प्रतियोगिताको नियमअनुसार निजी स्वामित्वमा रहेका ६ फ्रेन्चाइज टोलीले राउण्ड रोबिन राउण्डमा दुई पटक आमनेसामने गर्नेछन्। त्यसपछि शीर्ष तीन टोली प्लेअफमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।