अलराउण्डर बेन स्टोक्स इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टेस्ट टोलीको कप्तान नियुक्त भएका छन्। बिहीबार उनलाई कप्तान नियुक्त गरिएको हो।
जो रुटले यसअघि कप्तान पदबाट राजीनामा गरेका थिए। उनको बर्हिगमनपछि स्टोक्ससहित जोनी बेयरस्टो पनि कप्तानको दौडमा थिए।
स्टोक्सले इंग्ल्यान्डका लागि ७९ टेस्टमा ५ हजार ६१ रन बनाइसकेका छन्।
यसमा ११ शतक र २६ अर्धशतक समावेश छ। उनले १७४ विकेट पनि लिएका छन्। उनको उत्कृष्ट प्रदर्शन १६१ रन खर्चेर ८ विकेट छ। ब्याटिङमा उनले २५८ रनको इनिङ्स खेलेका छन्। अहिले उनी तीन वटै फर्म्याटमा खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।