काठमाडौं– नेपाल र जिम्बावे 'ए' बीच हुने सिरिजको टिकट मूल्य निर्धारण गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सिरिजको टिकट मूल्य निर्धारण गरेको हो। क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ रहेको जनाएको छ।
नेपालले घरेलु मैदानमा जिम्बावे 'ए' सँग तीन खेलको एकदिवसीय र तीन खेलको टी२० सिरिज खेल्नेछ।
सिरिज वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ। १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडी पनि सहभागिता रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।