काठमाडौं- बुधबार राति सम्पन्न गुजरात टाइटन्स र सनराइजर्स हैदरावादबीचको खेल अफगानिस्तानका अनुभवी लेग स्पिनर राशिद खानका लागि सम्झनालायक हुनेछ। उनले अन्तिम बलमा छक्का प्रहार गर्दै आफ्नो टोलीलाई रोमाञ्चक जित दिलाए।
जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातलाई अन्तिम ओभरमा २२ रन चाहिएको थियो। मार्को जान्सेनको पहिलो बलमा राहुल तेवाटियाले छक्का प्रहार गरे भने दोस्रो बलमा रन लिए। अब चार बलमा १५ रन चाहिएको थियो।
यस्तो अवस्थामा रसिदले तीन छक्का प्रहार गरे। जितपछि उनले भने, ‘मलाई आफ्नो ब्याटिङ र फिटनेसमा विश्वास थियो, म प्रहार गर्न सक्छु।’
उनले भने, ‘मैले आफ्नो ब्याटिङमा विश्वास राखेको छु। मैले विगत दुई वर्षदेखि कडा मिहिनेत गरिरहेको छु। जब अन्तिम ओभरमा २२ रन बनाउनु थियो, मैले तेवातियालाई भनें उत्कृष्ट बलर फर्गुसनले अन्तिम ओभरमा २५ रन दिएका थिए र अब हाम्रो पालो आयो। नडराउ र खेल समाप्त गर।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।