काठमाडौं- ढाका प्रिमियर लिगका क्रममा घाइते भएका बंगलादेशका अलराउन्डर मेहदी हसन श्रीलंकाविरुद्धको पहिलो टेस्टबाट बाहिरिएका छन्। मेहदीको स्थानमा अफ स्पिनर नईम हसनलाई टोलीमा बोलाइएको छ।
जमाल धानमण्डी र प्राइम बैंक क्रिकेट क्लबबीचको खेलमा क्याच लिने क्रममा उनको दाहिने हातमा चोट लागेको थियो। उनी मैदानमा चोटका साथ कराउँदै थिए र खेलको बीचमा मैदान छोड्न बाध्य भए। तर, पछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले पहिलो टेस्टका लागि टोली घोषणा गर्दा मेहदीलाई टोलीमा स्थान दिइएको थियो।
टोली छनोटकर्ता मिनहाजुल अबेदिनले पहिलो टेस्टअघि मेहदी फिट हुने बताएका थिए। तर, ढाकामा गरिएको स्क्यानका क्रममा उनको चोट गम्भीर देखाएको थियो। सोही खेलमा मुस्फिकुर रहिम पनि घाइते भएका थिए। उनी अहिले फिट भइसकेका छन्।
बंगलादेश तस्किन अहमद बिना नै खेलिरहेको छ। दक्षिण अफ्रिकामा उनको काँधमा चोट लागेको थियो। तस्किनबिना बंगलादेशको फास्ट बलिङ आक्रमणमा असर गरेको छ। मेहदीको अनुपस्थितिले पनि बंगलादेशको स्पिन आक्रमणलाई असर गर्नेछ।
श्रीलंकाविरुद्ध बंगलादेशले पहिलो टेस्ट मे १५ देखि चटगाउँमा हुनेछ। श्रीलंकाको टोली मे ८ मा ढाका पुग्नेछ र त्यसपछि मे ११ र १२ मा दुई अभ्यास खेल पनि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।