काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ। जिम्बाबे एविरूद्धको सिरिजका लागि गत शुक्रबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्।
टोलीमा विकेटकिपर विनोद भण्डारीले पुनरागमन गरेका छन्। यस्तै, ओपनर सुनील धमला र किशोर महतो टोलीमा छन्। तर, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने यो पटक पनि समेटिएका छैनन्।
टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको थियो। टोलीले बुधबारबाट कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अभ्यास थालेको छ। क्यानको आयोजना हुने सिरिजमा तीन एकदिवसीय र तीन टी २० खेल हुनेछ।
एकदिवसीय सिरिज वैशाख १७ देखि २१ गतेसम्म चल्नेछ भने टी २० वैशाख २३ देखि २६ गतेसम्म
हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।