काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल, अमेरिका र ओमानबीच हुने सिरिज आउँदो जुन ( जेठ)मा अमेरिकामा हुने भएको हो।
सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ। ओमान र नेपालबीचको खेल जुन ९ तारिख (जेठ २६)मा हुनेछ।
यस्तै, नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा खेल्ने छ। जुन १४ मा फेरि नेपालले ओमानसँग भने जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ। लिग २ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।