काठमाडौं– इंग्ल्याण्ड पुरुष टेस्ट प्रशिक्षकको प्रबल दाबेदारको रुपमा ग्रिम फोर्ड देखिएका छन्।
६१ वर्षीय दक्षिण अफ्रिकी प्रशिक्षक फोर्डले गत नोभेम्बरमा आयरल्यान्डको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।
उनले यसअघि दक्षिण अफ्रिका र श्रीलंकाको राष्ट्रिय टोलीका साथै सरे काउन्टी क्लबलाई पनि प्रशिक्षण दिएका थिए।
फोर्डले केन्टमा क्रिकेट निर्देशकको रूपमा पनि पाँच वर्ष सेवा गरेका थिए। २००६ मा सोही काउन्टीमा रोब की कप्तान थिए। रोबलाई मंगलबार इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) मा पुरुष क्रिकेटको प्रबन्ध निर्देशकमा नियुक्त गरिएको थियो।
रोबले टेस्ट र एकदिवसीय दुई फर्म्याटका लागि छुट्टाछुट्टै प्रशिक्षक नियुक्त गर्न सक्ने सम्भावना रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।