काठमाडाैं-राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ। जिम्बाबे एविरूद्धकाे सिरिजका लागि शुक्रबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीप लामिछानेको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्।
टोलीमा विकेटकिपर विनोद भण्डारीले पुनरागमन गरेका छन्। यस्तै, ओपनर सुनील धमला र किशोर महतो टोलीमा छन्। तर, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर भने यो पटक पनि समेटिएका छैनन्।
टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको थियोे। टोलीले बुधबारबाट अभ्यास थाल्नेछ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा तीन एकदिवसीय र तीन टी २० हुनेछ।
एकदिवसीय सिरिज वैशाख १७ देखि २१ गतेसम्म चल्ने छ। यता, टी २० भने वैशाख २३ देखि २६ गतेसम्म हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।