काठमाडौं– काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ। गत असार १ र साउन १७ को बाढीले पुर्याएको क्षतिको मर्मत गरेर आजबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो।
खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रमा पुगेर पानी वितरणको काम शुभारम्भ गरेका हुन्।
यसअघि २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा सार्वजनिक धाराबाट मेलम्चीको पानी वितरणको थालनी गरेकी थिइन्।
खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर २०७८ चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम सुरु गरेको थियो। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण गर्ने भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।