काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९ विकेटले हराएको छ। बैंग्लोरले दिएको ६९ रनको सामान्य लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
हैदरावादको जितमा अविशेक शर्माले सर्वाधिक ४७ रनको इनिङ्स खेले। उनले २८ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यता, केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे। बैंग्लोरका हर्सल पटेलले १ विकेट लिए।
त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १६.१ ओभरमा ६८ रनमा अलआउट भयो। बैंग्लोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ र ग्लेन म्याक्सवेलले १२ रन बनाए।
हैदराबादसामू बैंग्लोरका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जितसँगै हैदराबादले ७ खेलमा १० अंक जोडेको छ।
हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंग्लोरले ८ खेलमा १० अंक जोडेको छ। बैंग्लोर चौंथो स्थानमा झरेको छ।
हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३/३ विकेट लिए। जगदीश सुचिथले २ विकेट लिए। भुवनेश्वर कुमार र उमरन मलिकले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।