• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : कोलकातालाई आफ्नै पूर्व खेलाडीले दिरहन्छन् चोट

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  ०८:३२
1140x725

काठमाडौं- कोलकाता नाइट राइडर्सका लागि इन्डियन प्रिमियर लिग (आईपीएल)२०२० को यो सिजन मिश्रित रह्यो। ७ खेलमा ३ जित र ४ हारसहित कोलकाता अंक तालिकाको सातौं स्थानमा रहेको छ। कप्तान श्रेयस अय्यर पछिल्लो ३ इनिङ्सबाट लयमा फर्किएका छन्, तर समस्या स्पिन बलिङमा पनि छ। त्यसमाथि अहिले कोलकातालाई पूर्व खेलाडीहरुले पनि हरेक खेलमा चोट दिइरहेका छन्।

कोलकाताले हारेका ४ खेलमा उसका पूर्वखेलाडीले अहम भूमिका खेलेका छन्। दिनेश कार्तिकले रोयल च्यालेन्जर्स बैंग्लोरका लागि ७ बलमा अविजित १४ रन बनाएर खेल जिताएका थिए। 

यता, दिल्ली क्यापिटल्समा पुगेका कुलदीप यादवले ४ ओभरमा ३५ रन दिएर ४ विकेट लिएर कोलकातालाई हराए। सनराइजर्स हैदराबाद पुगेका राहुल त्रिपाठीले ३७ बलमा ७१ रन बनाएर कोलकातालाई हराएका थिए। 

यसपटक कोलकाताको अगाडि गुजरात टाइटन्स पुगेका शुभमन गिल र लकी फर्गुसन छन्। गिलको यो सिजन मिश्रित रहेको छ। या त उनी चाँडै आउट भएका छन् या उनले ठूलो इनिङ्स खेलेका छन्। उनी पहिलो १० बलमा ६ मध्ये ३ पटक आउट भएका छन्। तर, यदि उनी छिट्टै आउट भएनन् भने उनले १५० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउन थाल्छन्। 

यता, फर्गुसनले पहिलो पटक आफ्नो पुरानो फ्रान्चाइजी कोलकातासँग सामना गर्नेछन्। उनी मोहम्मद शामीसँगै यो सिजन गुजरातका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। दुवैले समान ८–८ विकेट लिएका छन्। राजस्थान रोयल्सविरुद्धको खेलमा फर्गुसनले २३ रन दिएर ३ विकेट लिएका थिए। के यसपटक गिल र फर्गुसनलाई कोलकाताले रोक्ला त?

पावरप्लेमा श्रेयस

कोलकाताका कप्तान श्रेयस अय्यर यो सिजन आफ्नो टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले अहिलेसम्म १४८.४२ को स्ट्राइक रेटमा २३६ रन बनाएका छन्। उनी आईपीएलको इतिहासमा राशिद खानविरुद्ध सर्वाधिक रन बनाउने दोस्रो खेलाडी पनि हुन्। अय्यरले ७७ बलमा ८३ रन बनाएका छन् भने रसिदले उनलाई दुई पटक आउट गरेका छन्।

तर, श्रेयसले सिजनको सुरुआत राम्रो गर्न सकेन। उनले ४ इनिङ्समा ६९ रन मात्र बनाएका छन्। तर, पछिल्लो ३ इनिङ्समा उनको ब्याटबाट ५४, २८ र ८५ रन आएका छन्। श्रेयसले पावरप्लेमा बढी रन बटुलेका छन्। उनले लगातार स्ट्राइक परिवर्तन गर्छ र बाउन्ड्री प्रहार गर्छ। उनले १३१ को स्ट्राइक रेटमा रन बनाएका छन्। यससँगै अन्तिम ओभरमा उनले १७० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउन थाल्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चक्रवर्तीलाई सुधारको खाँचो

सुनिल नारायणले ब्याट्सम्यानलाई अझै समस्यामा पारिरहेका छन्। यस्तो अवस्थामा ब्याट्सम्यानले रक्षात्मक खेल्दै अन्य बलरविरुद्ध रन बनाउन थालेका छन्। यही कारणले गर्दा यसपटक वरुण चक्रवर्ती महँगो साबित भइरहेका छन्। 

७ मध्ये २ खेलमा मात्र चक्रवर्तीले ६ भन्दा कमको इकोनोमीमा बलिङ गरेका छन्।  अर्कोतर्फ यो सिजन नारायणको इकोनोमी झनै सुधार भएको छ। 

नारायणले ७ खेलमा ५ को इकोनोमीमा ६ विकेट लिएका छन्। यता, चक्रवर्तीले ७ खेलमा ८.८ को इकोनोमीमा जम्मा ४ विकेट लिएका छन्। 

आईपीएल २०२१ को कुरा गर्ने हो भने नारायणले ६.४ को इकोनोमीमा १४ इनिङ्समा १६ विकेट लिएका थिए। यता, चक्रवर्तीले ६.६ को इकोनोमीमा १९ इनिङ्समा १८ विकेट लिए। यस्तो अवस्थामा यदि चक्रवर्तीले दबाबमा विकेट लिने हो भने उनले केही फरक गर्नुपर्नेछ।

सफलता
तथ्याङ्कले भन्छ– जब वेंकटेश अय्यरले २५ भन्दा बढी स्कोर बनाउँछन्, तब कोलकाताको जित प्रतिशत ७५  पुग्छ। ८ पटक उनले २५ भन्दा बढी रन बनाएका छन् भने ६ पटक कोलकाताले जित हात पारेको छ।

अर्कोतर्फ, चक्रवर्तीले प्रतिओभर ६ भन्दा कम रन दिए पनि कोलकाताको जितको प्रतिशत ७२.७ बन्छ। यो ११ पटक भएको छ, जहाँ कोलकाताले ८ पटक जितेको छ।

गुजरात टाइटन्सको तथ्याङ्कलाई हेर्ने हो भने कुनै पनि ब्याट्सम्यानले ६० वा त्योभन्दा बढी रन बनायो भने उसलाई हराउन गाह्रो हुन्छ। गुजरातले एक खेल मात्र हारेको छ। उक्त खेलमा शुभमन गिल, डेभिड मिलर, हार्दिक पाण्ड्याले ६० रनको इनिङ्स खेलेका थिए।

गुजरातको व्यवस्थापनले हार्दिकलाई चौथो नम्बरमा ब्याटिङ उतार्ने गरेको छ। यो रणनीति धेरै हदसम्म सफल भएको छ। हार्दिक ५ खेलमा २२८ रन बनाएर गुजरातका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। पाण्ड्याले बलिङमा अहिलेसम्म ४ विकेट लिएका छन्। तर, कोलकाताविरुद्ध उनको कीर्तिमान अभूतपूर्व छ।

कोलकाताविरुद्ध उनले ९ खेलमा ११ विकेट लिएका छन्। यस अवधिमा उनले ६.९१ प्रतिओभरको इकोनोमीमा रन खर्च गरेका छन्।

यता, चेन्नई सुपर किंग्सविरुद्धको अन्तिम खेलमा मिलरले ५१ बलमा ९४ रन बनाएर आफ्नो टोलीलाई जित दिलाएका थिए। टी२० मा २०२१ यता डेथ ओभरमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा मिलर तेस्रो स्थानमा छन्। उनले यस अवधिमा डेथ ओभरमा २२८ बलको सामना गर्दै १९१.६६ को स्ट्राइक रेटमा ४३७ रन बनाएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्