काठमाडाैं-दिल्ली क्यापिटल्सका मुख्य प्रशिक्षक रिकी पोन्टिङको परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएको छ।
दिल्ली क्यापिटल्सले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। कोरोना संक्रमण भएसँगै पोन्टिङ परिवारलाई क्वारेन्टिनमा राखिएको छ।
यद्यपि, पोन्टिङको दुई पटक कोरोना परीक्षण गरिएको तर रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा उल्लेख छ। तर, टोली व्यवस्थापन र चिकित्सकले उनलाई पाँच दिन आइसोलेसन बस्न सुझाव दिएका छन्।
पोन्टिङ पोजिटिभ भेटिएका व्यक्तिसँग नजिकको सम्पर्कमा रहेका कारण शुक्रबार राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सको अर्को खेलमा मैदानमा उपस्थित हुने छैनन्।
दिल्ली क्यापिटल्समा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक भने होइन। यसअघि १६ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँगको खेलको एक दिनअघि टोलीका फिजियो प्याट्रिक फरहार्टमा कोरोना संक्रमण भएको थियो।
दुई दिनपछि टोलीका अलराउन्डर मिचेल मार्स, मसाज थेरापिस्ट चेतन कुमार, टोलीका डाक्टर अभिजित साल्वी र सामाजिक सञ्जाल सदस्य आकाश मानेलाई पनि कोरोना संक्रमण भएको थियो। यसबाहेक पञ्जाब किंग्सविरुद्ध दिल्लीको अन्तिम खेलअघि टोलीका विदेशी विकेटकिपर ब्याट्सम्यान टिम सेफर्टमा पनि कोरोना संक्रमण भएको थियो।
आईपीएलको नियम अनुसार प्रतियोगिताको बबलमा कुनै खेलाडीलाई कोरोना संक्रमण भए कम्तीमा सात दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।