काठमाडौं– मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक डक (शून्य) आउट हुने खेलाडी बनेका छन्।
डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा बिहीबार सम्पन्न चेन्नई सुपर किंग्सविरुद्धको खेलमा रोहित शून्यमै क्याच भए।
टस हारेर ब्याटिङ गर्नेक्रममा पहिलो ओभरको दोस्रो बलमै आउट भएका थिए। तीव्र गतिका बलर मुकेश चौधरीको पहिलो ओभरको दोस्रो बलमा रोहित मिडअनमा मिचेल सान्टनारबाट आउट गराए।
उनी आईपीएलमा १४औं पटक डक आउट भएका हुन्। रोहितपछि अजिंक्या रहाणे, पार्थिव पटेल, अम्बाती रायुडू, मनदीप सिंह, हरभजन सिंह र पियुष चवला १३–१३ पटक डक आउट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।