• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : ‘कुल–चा’ युद्ध !

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ९, २०७९  ०७:५९
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्ससँग खेल्नुअघि दिल्ली क्यापिटल्सका खेलाडीहरुले पछिल्लो चार दिन होटलको कोठामा बिताए। दिल्लीले पञ्जाबसँगको यो खेल खेल पाउने कि नपाउने भन्ने निश्चित थिएन। 

खेलको सहजताका लागि स्थान पनि परिवर्तन गरिएको थियो। तर, खेल हुनुभन्दा करिब एक घण्टा अगाडिसम्म दिल्लीका खेलाडीलाई मैदानमा प्रवेश गर्न दिइएन। 

टोलीका छैटौं सदस्य टिम सेफर्टमा कोरोना संक्रमण देखिएको थियो। तर, जब दिल्लीका खेलाडी मैदानमा पुगे, त्यहाँको स्थिति लगभग सामान्य देखियो। टस जितेर ब्याटिङ गरेको पञ्जाब किङ्सले १०.३ ओभरमा अलआउट हुँदै ११५ रनको लक्ष्य दिएको थियो।

पञ्जाबको टोलीले आक्रामकको लक्ष्य राखेपनि पनि पटक–पटक विकेट गुमायो। ललित यादव, कुलदीप यादव, अक्षर पटेल र खलील अहमदले समान २/२ विकेट लिए। खेलपछि अक्षरले यो पिचलाई ‘स्टिकी सर्फेस’ भनेका थिए। किनभने बल पिचबाट बाहिर निस्किरहेको थिएन। तर, दिल्लीका ब्याट्सम्यानले लक्ष्य पछ्याउन थालेपछि पिचमा बल त्यति टाँसिएको देखिएन।

पञ्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १०.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीको जितमा डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३० बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, पृथ्वी शले २० बलमा ७ चौका र १ छक्कासहित ४१ रन बनाए। सर्फराज खान १२ रनमा अविजित रहे। पञ्जाबका राहुल चाहरले १ विकेट लिए।

दिल्लीले पञ्जाबसँग जितेपनि उसका खेलाडीले कोरोनासँग जित्न सकेका छैनन्। यसैबीच, आईपीएल २०२२ को ३४औं खेलमा दिल्लीले राजस्थान रोयल्सको सामना गर्नेछ। यो खेल पुणेको एमसीए स्टेडियममा हुने भए पनि दिल्ली टोलीमा कोरोना संक्रमण देखिएपछि यो खेल मुम्बईको वानखेडे स्टेडियममा खेलाइने भएको छ।

शा-वार्नरको भरपर्दो जोडी
यो सिजनका पहिलो दुई खेलमा दिल्लीले पावरप्लेका क्रममा ब्याटिङमा संघर्ष गरेको थियो। यही कारणले गर्दा पहिलो दुई खेलमा पहिलो ६ ओभरमै ३/३ विकेट गुमाएको थियो। तर, जबदेखि डेभिड वार्नर र पृथ्वी शको जोडी सँगै आएको छ, यो कथा पूर्ण रूपमा उल्टो भएको छ। 

Ncell 2
Ncell 2

ओपनिङ जोडीका रूपमा शा र वार्नरले लगातार ४ खेलमा पहिलो विकेटका लागि ५० भन्दा बढी रन जोडेका छन्। 

टोलीहरूलाई थाहा छ, नेटरन रेट कत्तिको महत्त्वपूर्ण हुन सक्छ। शालाई पहिलो बलमा जानको लागि कुनै अतिरिक्त प्रेरणा चाहिन्छ भन्ने होइन। वार्नरले पनि टोलीमा अनुभवी ब्याट्सम्यान भन्दा बढी स्वतन्त्र रूपमा खेल्न सक्छन्।

पञ्जाबविरुद्धको अघिल्लो खेलमा वार्नरले वैभव अरोराको बलमा दुई चौका प्रहार गरे भने अन्तिम बलमा शाले छक्का प्रहार गरे। चौथो ओभरमा वार्नरले रबाडालाई ३ चौका प्रहार गरे। यसले दिल्लीलाई ३.३ ओभरमा ५० मा पुर्‍यायो। यो सिजनको सबैभन्दा छिटो र आईपीएलको इतिहासमा पाँचौं उच्च ओभर हो। पावरप्लेमा दिल्लीले ८१ रन बनाएको थियो।

सातौं ओभरमा राहुल चाहरलाई छक्का प्रहार गर्ने प्रयासमा २० बलमा ४१ रनको व्यक्तिगत स्कोरमा शा आउट भए। तर, त्यतिन्जेल ढिलो भइसकेको थियो। वार्नरले अर्धशतक बनाएर आफ्नो टोलीलाई जितको छेउमा पुर्याए। 

वार्नरले पछिल्लो ३ इनिङ्समा लगातार ३ अर्धशतक [६०*(३०), ६६(३८) र ६१(४५)] बनाएका छन्। उनको राजस्थानविरुद्ध उत्कृष्ट कीर्तिमान पनि छ। उनले पछिल्लो ४ खेलमा १४२.३४ को स्ट्राइक रेटमा १५८ रन बनाएका छन्। यदि राजस्थानले आजको खेलमा यो जोडीलाई छिट्टै तोडेन भने ब्याकफुटमा जान धेरै समय लाग्दैन।

बटलरको फर्म
इंग्ल्याण्डका ड्यासिङ ब्याट्सम्यान जोश बटलरले यो सिजनमा चार चाँद लगाएका छन्। उनले धेरै वर्षदेखि आक्रामक ब्याटिङ गर्दै आएका छन्, तर यो सिजन उनले देखाएको निरन्तरता अचम्मको छ। 

यता, बटलरले ६ खेलमा दुई शतकसहित ३७५ रन बनाएका छन्। उनी जस्तो फर्ममा छन्, जो कोही पनि उनलाई कप्तान भन्न चाहन्छन्। 

उनको ब्याटिङको विशेषता भनेको बलरलाई चलाखीपूर्वक प्रहार गर्नु हो। उनले यो सिजन स्पिनविरुद्ध ३७५ मध्ये ५९ रन मात्र बनाएका छन्। यसको मतलब यो हो कि यदि बटलरलाई पावरप्लेमा फास्ट बलिङ दिइयो भने दिल्लीका फिल्डरहरू दर्शकको रूपमा रहनेछन्।

वानखेडेमा उनको उत्कृष्ट कीर्तिमान पनि छ। उनले २२ खेलमा १४६.९४ को स्ट्राइक रेटमा ६२६ रन बनाएका छन्।

सञ्जुको ब्याट कहिले चल्छ?
आईपीएलको नयाँ सिजन सुरु हुँदा सञ्जु सामसनको प्रतिभा र उनको प्रदर्शनको चर्चा पक्कै हुन्छ। यसपटक पनि त्यही अभास भइरहेको छ। पछिल्ला केही वर्षमा सिजनको शुरुआतमा ठूलो रन बनाएका राजस्थानका कप्तानले ब्याटिङमा पहिलो ६ खेलमा मात्रै अर्धशतक बनाएका छन्। 

३ पटक ३० रन पार गरेका सामसनले आफ्नो शुरुआतलाई लामो इनिङ्समा परिणत गर्नुपर्ने हो, नत्र एक ब्याट्सम्यानको सहयोगमा यो टोली कहिले अगाडि बढ्ने? साथै, यो राजस्थानका लागि सामसनको १००औ| खेल हुनेछ। उनी दिल्लीविरुद्धको खेलमा छाप छाड्न चाहन्छन्।

‘कुल–चा’ युद्ध !
‘कुल–चा’भनेर चिनिने कुलदीप यादव र युजवेन्द्र चहलको स्पिन जोडी लामो समय भारतीय राष्ट्रिय क्रिकेट टोलीका लागि सँगै बलिङ गर्थे। तर, खराब प्रदर्शनका कारण उनीहरुले २०१९ पछि भारतीय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन्। यद्यपि, २०२२ मा यी दुवै बलरहरूले आफ्नो अद्भूत स्पिनले ब्याट्सम्यानलाई समस्यामा पारिरहेका छन्। 

यही कारणले गर्दा सर्वाधिक विकेट लिने बलरको सूचीमा चहल पहिलो र कुलदीप दोस्रो स्थानमा छन्। चहलले ६ खेलमा १७ विकेट लिएका छन्। उनी यो सिजन ‘पर्पल क्याप’ होल्डर हुन्। 

पछिल्लो खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिएका थिए। वानखेडे स्टेडियममा अन्तिम खेल खेल्दा पनि उनको अंक ४/४१ थियो।

यता, दिल्लीका कुलदीप सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन्। उनले हालसम्म ६ खेलमा १३ विकेट हात पारेका छन्। कुलदीपको औसत ८ रहेको छ। 

वानखेडे स्टेडियममा यी दुवै बलरहरूले मध्य ओभरहरू विकेट लिने प्रयास गर्नेछन् र दर्शकले उच्च गुणस्तरको स्पिन बलिङ हेर्न पाउनेछौं। साथै, चहलसँग राजस्थानका लागि एक सिजनमा सर्वाधिक विकेट लिने स्पिनर बन्ने ठूलो अवसर छ। हाल उनको नाममा १७ विकेट छ र यो रेकर्ड तोड्न ४ विकेट टाढा छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता
सम्बन्धित सामग्री
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् । एनपीएलको उपाधी ल... मंगलबार, पुस २२, २०८२
बंगलादेश प्रिमियर लिग : मैदानमै ढलेका ढाका क्यापिटल्सका सहायक प्रशिक्षकको निधन टोलीका कर्मचारी र मेडिकल टोलीले तुरुन्तै सिपिआर दिए र उनलाई एम्बुलेन्सबाट अल हरामैन अस्पताल लगियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित... आइतबार, पुस १३, २०८२
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
निर्वाचन आयोगको निर्णयप्रति देउवा पक्ष आक्रोशित, सबै प्रकारका लडाइँमा उत्रिने खड्काको चेतावनी शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्