• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : ‘कुल–चा’ युद्ध !

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ९, २०७९  ०७:५९
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किङ्ससँग खेल्नुअघि दिल्ली क्यापिटल्सका खेलाडीहरुले पछिल्लो चार दिन होटलको कोठामा बिताए। दिल्लीले पञ्जाबसँगको यो खेल खेल पाउने कि नपाउने भन्ने निश्चित थिएन। 

खेलको सहजताका लागि स्थान पनि परिवर्तन गरिएको थियो। तर, खेल हुनुभन्दा करिब एक घण्टा अगाडिसम्म दिल्लीका खेलाडीलाई मैदानमा प्रवेश गर्न दिइएन। 

टोलीका छैटौं सदस्य टिम सेफर्टमा कोरोना संक्रमण देखिएको थियो। तर, जब दिल्लीका खेलाडी मैदानमा पुगे, त्यहाँको स्थिति लगभग सामान्य देखियो। टस जितेर ब्याटिङ गरेको पञ्जाब किङ्सले १०.३ ओभरमा अलआउट हुँदै ११५ रनको लक्ष्य दिएको थियो।

पञ्जाबको टोलीले आक्रामकको लक्ष्य राखेपनि पनि पटक–पटक विकेट गुमायो। ललित यादव, कुलदीप यादव, अक्षर पटेल र खलील अहमदले समान २/२ विकेट लिए। खेलपछि अक्षरले यो पिचलाई ‘स्टिकी सर्फेस’ भनेका थिए। किनभने बल पिचबाट बाहिर निस्किरहेको थिएन। तर, दिल्लीका ब्याट्सम्यानले लक्ष्य पछ्याउन थालेपछि पिचमा बल त्यति टाँसिएको देखिएन।

पञ्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १०.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीको जितमा डेभिड वार्नरले ६० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३० बलमा १० चौका र १ छक्का प्रहार गरे।

यस्तै, पृथ्वी शले २० बलमा ७ चौका र १ छक्कासहित ४१ रन बनाए। सर्फराज खान १२ रनमा अविजित रहे। पञ्जाबका राहुल चाहरले १ विकेट लिए।

दिल्लीले पञ्जाबसँग जितेपनि उसका खेलाडीले कोरोनासँग जित्न सकेका छैनन्। यसैबीच, आईपीएल २०२२ को ३४औं खेलमा दिल्लीले राजस्थान रोयल्सको सामना गर्नेछ। यो खेल पुणेको एमसीए स्टेडियममा हुने भए पनि दिल्ली टोलीमा कोरोना संक्रमण देखिएपछि यो खेल मुम्बईको वानखेडे स्टेडियममा खेलाइने भएको छ।

शा-वार्नरको भरपर्दो जोडी
यो सिजनका पहिलो दुई खेलमा दिल्लीले पावरप्लेका क्रममा ब्याटिङमा संघर्ष गरेको थियो। यही कारणले गर्दा पहिलो दुई खेलमा पहिलो ६ ओभरमै ३/३ विकेट गुमाएको थियो। तर, जबदेखि डेभिड वार्नर र पृथ्वी शको जोडी सँगै आएको छ, यो कथा पूर्ण रूपमा उल्टो भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ओपनिङ जोडीका रूपमा शा र वार्नरले लगातार ४ खेलमा पहिलो विकेटका लागि ५० भन्दा बढी रन जोडेका छन्। 

टोलीहरूलाई थाहा छ, नेटरन रेट कत्तिको महत्त्वपूर्ण हुन सक्छ। शालाई पहिलो बलमा जानको लागि कुनै अतिरिक्त प्रेरणा चाहिन्छ भन्ने होइन। वार्नरले पनि टोलीमा अनुभवी ब्याट्सम्यान भन्दा बढी स्वतन्त्र रूपमा खेल्न सक्छन्।

पञ्जाबविरुद्धको अघिल्लो खेलमा वार्नरले वैभव अरोराको बलमा दुई चौका प्रहार गरे भने अन्तिम बलमा शाले छक्का प्रहार गरे। चौथो ओभरमा वार्नरले रबाडालाई ३ चौका प्रहार गरे। यसले दिल्लीलाई ३.३ ओभरमा ५० मा पुर्‍यायो। यो सिजनको सबैभन्दा छिटो र आईपीएलको इतिहासमा पाँचौं उच्च ओभर हो। पावरप्लेमा दिल्लीले ८१ रन बनाएको थियो।

सातौं ओभरमा राहुल चाहरलाई छक्का प्रहार गर्ने प्रयासमा २० बलमा ४१ रनको व्यक्तिगत स्कोरमा शा आउट भए। तर, त्यतिन्जेल ढिलो भइसकेको थियो। वार्नरले अर्धशतक बनाएर आफ्नो टोलीलाई जितको छेउमा पुर्याए। 

वार्नरले पछिल्लो ३ इनिङ्समा लगातार ३ अर्धशतक [६०*(३०), ६६(३८) र ६१(४५)] बनाएका छन्। उनको राजस्थानविरुद्ध उत्कृष्ट कीर्तिमान पनि छ। उनले पछिल्लो ४ खेलमा १४२.३४ को स्ट्राइक रेटमा १५८ रन बनाएका छन्। यदि राजस्थानले आजको खेलमा यो जोडीलाई छिट्टै तोडेन भने ब्याकफुटमा जान धेरै समय लाग्दैन।

बटलरको फर्म
इंग्ल्याण्डका ड्यासिङ ब्याट्सम्यान जोश बटलरले यो सिजनमा चार चाँद लगाएका छन्। उनले धेरै वर्षदेखि आक्रामक ब्याटिङ गर्दै आएका छन्, तर यो सिजन उनले देखाएको निरन्तरता अचम्मको छ। 

यता, बटलरले ६ खेलमा दुई शतकसहित ३७५ रन बनाएका छन्। उनी जस्तो फर्ममा छन्, जो कोही पनि उनलाई कप्तान भन्न चाहन्छन्। 

उनको ब्याटिङको विशेषता भनेको बलरलाई चलाखीपूर्वक प्रहार गर्नु हो। उनले यो सिजन स्पिनविरुद्ध ३७५ मध्ये ५९ रन मात्र बनाएका छन्। यसको मतलब यो हो कि यदि बटलरलाई पावरप्लेमा फास्ट बलिङ दिइयो भने दिल्लीका फिल्डरहरू दर्शकको रूपमा रहनेछन्।

वानखेडेमा उनको उत्कृष्ट कीर्तिमान पनि छ। उनले २२ खेलमा १४६.९४ को स्ट्राइक रेटमा ६२६ रन बनाएका छन्।

सञ्जुको ब्याट कहिले चल्छ?
आईपीएलको नयाँ सिजन सुरु हुँदा सञ्जु सामसनको प्रतिभा र उनको प्रदर्शनको चर्चा पक्कै हुन्छ। यसपटक पनि त्यही अभास भइरहेको छ। पछिल्ला केही वर्षमा सिजनको शुरुआतमा ठूलो रन बनाएका राजस्थानका कप्तानले ब्याटिङमा पहिलो ६ खेलमा मात्रै अर्धशतक बनाएका छन्। 

३ पटक ३० रन पार गरेका सामसनले आफ्नो शुरुआतलाई लामो इनिङ्समा परिणत गर्नुपर्ने हो, नत्र एक ब्याट्सम्यानको सहयोगमा यो टोली कहिले अगाडि बढ्ने? साथै, यो राजस्थानका लागि सामसनको १००औ| खेल हुनेछ। उनी दिल्लीविरुद्धको खेलमा छाप छाड्न चाहन्छन्।

‘कुल–चा’ युद्ध !
‘कुल–चा’भनेर चिनिने कुलदीप यादव र युजवेन्द्र चहलको स्पिन जोडी लामो समय भारतीय राष्ट्रिय क्रिकेट टोलीका लागि सँगै बलिङ गर्थे। तर, खराब प्रदर्शनका कारण उनीहरुले २०१९ पछि भारतीय टोलीमा स्थान बनाउन संघर्ष गरिरहेका छन्। यद्यपि, २०२२ मा यी दुवै बलरहरूले आफ्नो अद्भूत स्पिनले ब्याट्सम्यानलाई समस्यामा पारिरहेका छन्। 

यही कारणले गर्दा सर्वाधिक विकेट लिने बलरको सूचीमा चहल पहिलो र कुलदीप दोस्रो स्थानमा छन्। चहलले ६ खेलमा १७ विकेट लिएका छन्। उनी यो सिजन ‘पर्पल क्याप’ होल्डर हुन्। 

पछिल्लो खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ५ विकेट लिएका थिए। वानखेडे स्टेडियममा अन्तिम खेल खेल्दा पनि उनको अंक ४/४१ थियो।

यता, दिल्लीका कुलदीप सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन्। उनले हालसम्म ६ खेलमा १३ विकेट हात पारेका छन्। कुलदीपको औसत ८ रहेको छ। 

वानखेडे स्टेडियममा यी दुवै बलरहरूले मध्य ओभरहरू विकेट लिने प्रयास गर्नेछन् र दर्शकले उच्च गुणस्तरको स्पिन बलिङ हेर्न पाउनेछौं। साथै, चहलसँग राजस्थानका लागि एक सिजनमा सर्वाधिक विकेट लिने स्पिनर बन्ने ठूलो अवसर छ। हाल उनको नाममा १७ विकेट छ र यो रेकर्ड तोड्न ४ विकेट टाढा छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्