• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

मुरली विजयका कारण आत्महत्यासम्मको सोचमा थिए कार्तिक, ‘डिप्रेसन’बाट यसरी फर्किए क्रिकेटमा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ८, २०७९  १७:३६
1140x725

कुनै बेला आफ्नो मिल्ने साथी मुरली विजय र आफ्नै श्रीमतीबाट भारतीय क्रिकेट टिमका पूर्वविकेटकिपर ब्याटर दिनेश कार्तिकले धोका पाएका थिए। जसकारण उनको जीवन नै ‘नर्क’ बनेको थियो। तनावका कारण उनले आत्महत्या गर्ने सोचसमेत बनाएका थिए। 

तर, अहिले उनी सम्हालिएका मात्र छैनन्, सशक्त प्रदर्शन गरिरहेका छन्। कार्तिक आईपीएल २०२२ मा उत्कृष्ट लयमा छन्। ३६ वर्षका यी ब्याट्सम्यानको एक्लो प्रयासमा रोयल च्यालेञ्जर्स बैंग्लोरले उम्दा प्रदर्शन गरिरहेको छ। यो उमेरमा अन्य खेलाडीहरू सन्यास लिने सोचमा हुन्छन्, तर उनको प्रदर्शन थप निखारिँदै गएको छ। आज उनी जुन स्थानमा छन्, उनको लागि त्यहाँ पुग्न त्यति सहज थिएन।

सन् २००७–२०११ को बीचमा कार्तिकलाई भारतीय राष्ट्रिय क्रिकेट टोलीमा महेन्द्र सिंह धोनीपछि विकेटकिपर ब्याट्सम्यानको दोस्रो विकल्पको रूपमा लिइन्थ्यो। धोनीले टीमबाट आराम पाएको भए कार्तिक विकेटको पछाडि देखिने थिए। घरेलु क्रिकेटमा उम्दा प्रदर्शन गरेकै कारण उनलाई तमिलनाडु टोलीको कप्तानसमेत बनाइएको थियो। तर, उनको यो सबै उपलब्धिले पनि उनको घाउ पुरिएको थिएन।

कार्तिकले सन् २००७ मा आफ्नो बाल्यकालकी साथी निकिता भान्जारासँग विवाह गरेका थिए। केही वर्षपछि कार्तिकका साथी तथा सहकर्मी मुरली विजयसँग निकिताको ‘अफेयर’ चल्न थाल्यो। उनी मुरलीको बच्चाकी आमा बन्न लागेकी थिइन्। यो कुरा कार्तिकबाहेक तमिलनाडुका सबै खेलाडीलाई थाहा थियो। अचानक एक दिन निकिताले कार्तिकलाई यो सत्य बताइन् र सम्बन्धविच्छेद गर्न दबाब दिन थालिन्।

दुवैको सम्बन्धविच्छेदपछि निकिता र मुरली सँगै बस्न थाले। मुरलीले आईपीएलमा चेन्नई सुपर किंग्सको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका थिए। उनी भारतीय टीममा समेत छनोट भएका थिए। यता, पारिवारिक रूपमा विचलित भएका कार्तिकको प्रदर्शन भने लगातार खस्किन थालेको थियो। उनी टोलीबाट निकालिए।

खराब फर्मका कारण तमिलनाडु टोलीको कप्तानी पनि खोसेर मुरलीलाई दिइयो। आईपीएलमा पनि उनको ब्याटबाट रन निस्किरहेको थिएन। उनी ‘डिप्रेसन’मा गए। आफ्नो जीवनबाट यति विचलित भए कि आत्महत्या गर्ने सोच बनाउन थालेका थिए। 

कार्तिकले प्रशिक्षणसमेत छोडिसकेका थिए। जिम जान छाडे। उनका प्रशिक्षक चिन्तित भएर घर गए। ट्रेनरले कार्तिकलाई देवदास जस्तै दाह्री बढाएर कुनामा बसेको देखे। त्यसपछि, उनलाई आफ्नो प्रशिक्षण पुनः सुरु गर्न जोड दिए। लामो प्रयासपछि ट्रेनर उनलाई सम्झाउन सफल भए। कार्तिकले फेरि जिम ज्वाइन गरे। जिममै कार्तिकको भेट दीपिका पल्लीकल नाम गरेकी अर्की युवतीसँग भयो। 

दीपिका र कार्तिक मिल्ने साथी बने। कार्तिकले फेरि नेटमा अभ्यास थाले र घरेलु खेलमा पनि रन बनाउन थाले। उनलाई दीपिकाले पाइलापाइलामा साथ दिइरहेकी थिइन्। उनी फेरि भारतीय राष्ट्रिय टोलीमा छनोट भए। केही दिनपछि उनले दीपिकासँग विवाह गरे। उनी आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तान पनि बने।

nimb
nimb
Ncell 2
Ncell 2

३४ वर्षको उमेरमा कप्तान हुँदा उनी सन्यास लिएर फ्रेन्चाइजी क्रिकेट मात्र खेल्न चाहन्थे। यसै क्रममा दीपिका गर्भवती भइन् र सन् २०२१ मा जुम्ल्याहा छोरालाई जन्म दिइन्। कार्तिकले खेल्न छोडे। कमेन्ट्री गर्न थाले र यो क्षेत्रमा पनि उनले पूर्ण प्रभुत्व जमाए।

दिनेशको धेरै अगाडिको सपना थियो, चेन्नईको महंगो बस्ती पोएस गार्डेनमा एउटा भव्य घर किन्ने। दीपिकाले यतिबेला दिनेशलाई एउटा सुझाव दिएकी थिइन्– ‘किन हामी दुवै आफ्नो खेलमा एकाग्र नहुने, जसले गर्दा घर किन्न सजिलो होस्।’

दीपिका आफैं स्क्वास खेलाडी हुन्। यी दुवैले आफ्नो खेलमा ध्यान दिए। अहिले यो जोडीले पोएस गार्डेनमा घर बनाइसकेको छ।

आईपीएल २०२२ अघि चेन्नईले कार्तिकलाई आफ्नो टोलीमा लिन चाहेको थियो। अक्सनमा चेन्नईले कार्तिकमाथि लगातार बोली लगाए पनि बैंग्लोरको टोलीले बाजी जित्यो। फ्रेन्चाइजीले उनलाई ५ करोड ५० लाख भारुमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो।

उता दीपिकाले स्क्वासमा पनि उत्कृष्ट खेल देखाइन्। दीपिकाले ग्लास्कोमा भएको विश्व च्याम्पियनसिपमा जोसना चिनप्पासँग मिलेर महिला डबल्स र सौरभ घोषालसँग मिलेर मिक्स डबल्सको उपाधि जितिन्। 

कार्तिकलाई यसै वर्ष हुने टी२० विश्वकपका लागि भारतीय टिममा स्थान दिने चर्चा चुलिएको छ। उनले आईपीएल २०२२ को सिजनमा सात खेलमा २१० रन बनाइसकेका छन्। बैंग्लोरका यी स्टारको कथा कुनै फिल्मभन्दा कम छैन। 

दैनिक भास्करबाट

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
सम्बन्धित सामग्री
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ मंगलबार, जेठ २६, २०८३
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो मंगलबार, जेठ २६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ २६, २०८३
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन' मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्