काठमाडौं- जोश हेझलउड टेस्ट म्याचमा कठिन लेन्थमा बलिङ गर्छन्। लगातार एउटै बिन्दुमा बलिङ गरिरहेका उनले छोटो 'अफ लेन्थ'बाट सबैभन्दा बढी विकेट लिएका छन्। टेस्ट क्रिकेटको सबैभन्दा ठूलो ब्याट्सम्यान पनि उनको यस प्रकारको बलिङबाट दिक्क भएका छन्।
टेस्टमा हेझलउडसँग ब्याट्सम्यानलाई पासो बनाएर फसाउन प्रशस्त समय छ। तर, टी–२० खेलमा २४ बल मात्रै उपलब्ध हुन्छन्। यी २४ बललाई पनि दुई ओभरको दुई स्पेलमा विभाजन गरिने गरिएको छ। जसमा, पहिलो दुई ओभर पावरप्ले र बाँकी दुई इनिङ्सको अन्त्यमा विभाजन हुने भएको छ।
पावरप्ले र डेथ ओभर ती दुई पल हुन्, जहाँ ब्याट्सम्यानहरू सबैभन्दा आक्रामक हुन्छन् र यी दुवै अवस्थामा खेल जहाँ पनि पुग्न सक्छ।
हेझलउडले यो सिजन यी दुई महत्त्वपूर्ण परिस्थितिहरूमा ब्याट्सम्यानलाई उत्साहित बनाएका छन्। मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सविरुद्धको पहिलो बलमै उनले आफ्नो लय समाते। डीवाई पाटिल स्टेडियमको पिचमा गुड लेन्थबाट बलले अतिरिक्त बाउन्स लिइरहेको थियो। पिचमा यस्तो दोहोरो बाउन्स हुँदा उत्कृष्ट ब्याट्सम्यान समस्यामा पर्छन्।
फास्ट बलरविरुद्ध राम्रो ब्याटिङ गर्ने क्विन्टन डी कक पनि पहिलो ओभरमा मोहम्मद सिराजको गुड लेन्थ डेलिभरी बायाँ हातमा लाग्दा झुक्किएका थिए।
हेझलउडले पावरप्लेको तेस्रो र पाँचौं ओभर बलिङ गरे। पिचको मुड र ठूलो लक्ष्यले आक्रामक फिल्डिङ राखिएको थियो।
हेझलउडको डेलिभरी डी ककको ब्याटको बाहिरी किनारा लाग्न पुग्यो र स्लिपमा ग्लेन म्याक्सवेलले मुस्किलले क्याच गरे। हेझलउडको यो योजना बुझ्नु महत्त्वपूर्ण छ। दुई बल पहिले डी ककले समान आउट लेन्थको बल अफ साइडमा धकेलेर एक रन लिएका थिए। दुई बलमा हेझलउडले आफ्नो लेन्थलाई केही परिवर्तन गर्दै डी ककलाई पेभिलियनको बाटो देखाए।
हेझलउड पाँचौं ओभर बलिङ गर्न आए, लखनऊका ब्याट्सम्यान दबाबमा थिए। त्यसबेला पहिलो चार ओभरमा २४ रन मात्र बनेको थियो। केएल राहुलले फाइन लेगमा छोटो लेग स्टम्प बललाई सजिलैसँग तान्छन्, तर हेझलउड आत्तिएनन्। उनले पाँचौं स्टम्पमा मनिष पाण्डेको संयमलाई दुई लेन्थ बलमा परीक्षण गरे।
ओभरको अन्तिम बलमा पाण्डेले आफ्नो संयम तोडेर बाउन्स नियन्त्रण गर्न क्रिजमा फर्किए। तर, बल टप एजमा लाग्न पुग्यो र सर्ट मिडविकेटमा साधारण क्याच हुन पुग्यो।
डेथ ओभरमा आफ्नो दोस्रो स्पेलको लागि फर्केर हेझलउडले युवा ब्याट्सम्यान आयुष बडोनीलाई लेग साइडमा हिर्काउन दिएनन्। अफ स्टम्प बाहिर रहेको बलमा उनले चलाखीपूर्वक औँला घुमाए र बल बिहिरी किनारामा लग्न पुग्यो। उक्त बल दिनेश कार्तिकको पञ्जामा प्रवेश गर्यो।
रोयल च्यालेन्जर्स बैंग्लोरसँग पहिलो सिजन भए पनि उनले टोलीको महत्त्वपूर्ण हिस्सा ओगटेका छन्। बैंग्लोरसँग पहिले नै दुई डेथ बलर हर्षल पटेल र मोहम्मद सिराज थिए। तर, हेझलउडको अनुभव र कठिन परिस्थितिमा उनको धैर्यताले गर्दा लगातार प्ले ११ मा परिरहेका छन्।
लखनऊलाई अन्तिम १२ बलमा जितका लागि ३४ रन चाहिएको थियो र क्रिजको तल्लो भागमा मार्कस स्टोइनिस तयार थिए। कप्तान फाफ डु प्लेसिसले निर्णायक १९औं ओभर बलिङ गर्ने जिम्मेवारी हर्षललाई नभइ हेझलउडलाई दिए। पहिलो बलमा उनी भाग्यशाली सावित भए। अम्पायरले बललाई अफ स्टम्प बाहिर वाइड घोषित गरेनन्। यो निर्णय स्टोइनिसलाई मान्य भएन र अम्पायरसँग बहस गर्न थाले। अम्पायरले स्टोइनिस अफ स्टम्पबाट बाहिर गएको महसुस गरे र त्यसैले बललाई वैध माने।
अर्को बल हेझलउडले अफ स्टम्पबाहिर फ्याँके र प्याडमा लाग्दै स्टम्पमा ठोक्कियो। खेलपछि स्टार स्पोर्ट्ससँग कुराकानीका क्रममा हेझलउडले भने,‘यो सिजन सबै मैदानमा र विशेष गरी डीवाई पाटिल स्टेडियममा बलिङको आनन्द लिइरहेको छु। मलाई यो मैदानमा पावरप्लेमा बलिङ गर्न रमाइलो लाग्छ।’
अघिल्लो सिजन च्याम्पियन टोली चेन्नई सुपर किंग्सका लागि हेझलउडले यस्तै भूमिका खेलेका थिए। बैंग्लोरका टोली निर्देशक माइक हेसनका अनुसार आफ्नो लेन्थ नियन्त्रण गर्ने क्षमताले हेझलउडलाई डिवाई पाटिल जस्ता पिचमा फाइदा पुर्याएको छ।
यो नियन्त्रण टेस्ट म्याचहरूमा लामो स्पेलको परिणाम हो। यो सिजनको आईपीएलमा फास्ट बलरको दबदबा छ। यदि यो लय जारी रह्यो भने हेझलउड ठूलो म्याच विजेताको रूपमा उभिन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।