पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल मुम्बईको ब्रेबोर्न स्टेडियममा हुने भएको छ। बुधबार तय भएको खेल पुणेको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियमबाट ब्रेबोर्नमा सारिएको हो।
मंगलबार दिल्ली क्यापिटल्सका अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्ससहित धेरै सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि खेल स्थान सारिएको हो।
खेल तालिका अनुसार २० अप्रिलमा हुन नसके यो खेल पछि खेलाइने छ।
आईपीएल व्यवस्थापनका अनुसार पछिल्लो चार दिनमा दिल्ली टोलीका पाँच सदस्यमा कोरोना पोजिटिभ भेटिएको थियो।
फिजियो प्याट्रिक फरहार्टका अलावा अलराउन्डर मार्स, म्युज चेतन कुमार, टिम फिजिसियन डा अभिजित साल्वी र सोसल मिडिया टिम मेम्बर आकाश मानेलाई कोरोना संक्रमण देखिएको छ।
दिल्लीको सम्पूर्ण टोलीले मंगलबार बिहान पुनः परीक्षण गरेको थियो। त्यसको नतिजा नेगेटिभ आएको छ। बुधबार बिहान नयाँ राउण्डमा खेलाडीको परीक्षण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।