काठमाडौं– नेदरल्याण्ड्सको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक तथा अस्ट्रेलियाका पूर्वएकदिवसीय विकेटकिपर रायन क्याम्पबेललाई हृदयघात भएको छ। ५० वर्षीय क्याम्पबेललाई बेलायतको एक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ।
क्याम्पबेल शनिबार आफ्ना बच्चाहरूसँग बगैंचामा खेलिरहेका थिए। त्यसपछि उनी अचानक ढले। चिकित्सकको निगरानीमा आफैंले श्वास फेर्न केही प्रयास गरे पनि उनी कोमामा रहेका बताइएको छ।
उनी सन् २०१७ को अप्रिलदेखि नेदरल्यान्ड्स क्रिकेट टोलीका प्रशिक्षक थिए। हालै मात्र सीमित ओभरको न्यूजिल्याण्ड भ्रमणमा उनले आफ्नो टोलीलाई प्रशिक्षण दिएका थिए।
न्यूजिल्यान्डको भ्रमणबाट युरोप फर्किएका उनी एक साताअघि आफन्त र परिवारका सदस्यलाई भेट्न आफ्नो गृहनगर पर्थ गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।