काठमाडौं– रुपन्देही–११ले प्रो–क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा मलेसिया–११ लाई ७ विकेटले पराजित गर्दै रुपन्देहीले उपाधि जितेको हो।
मलेसियाले दिएको १४१ रनको सामान्य लक्ष्य रुपन्देहीले १९ ओभरमा ३ विकेट गुमाउँदै भेटायो।
रुपन्देहीका लागि प्रजज्वल थापाले सर्वाधिक ७१ रन बबनाए। उनले ६१ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यता, त्यस्तै सन्दिप रजाइलीले ४५ बलमा ४ चौका र १ छक्कासहित ४१ रन बनाए। ओपनर देव खनालले १२ रन बनाए। बसिर अहम्मद र कृष्ण कार्कीले २/२ रनमा नटआउट रहे।
मलेसियाको लागि शाहिद अजिज, मुहम्मद वकिफ र शार्भिन मुनियान्डीले १/१ विकेट लिए।
त्यसअघि भैरहवाको सिदार्थनगरस्थित सिदार्थ क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो।
मलेसियाको लागि नर्जरिल रहमानले सर्वाधिक ३६ रन बनाए। उनले २२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मुहम्मद आमिर १८ रनमा नटआउट रहे ।
त्यस्तै, जुबैदी जुलफुक्लेले १६ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए। शाहिद अजिजले २०, अहम्मद फैजले १२ र वीरन्दिप सिंहले ११ रन बनाए।
रुपन्देहीका लागि बसिर अहम्मदले २ विकेट लए। विक्रम भुसाल, विशाल बिक्रम केसी, कप्तान कृष्ण कार्की र रुपेश कुर्मीले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।