• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : अप्रिय कीर्तिमान बराबरी गर्ने संघारमा मुम्बई

64x64
नेपाल लाइभ शनिबार, वैशाख ३, २०७९  १०:२६
1140x725

काठमाडौं– मुम्बई इन्डियन्सले लखनऊ सुपर जायन्ट्सविरुद्धको खेल यस सिजनको खराब लयलाई उल्टाउन मात्र होइन, अप्रिय कीर्तिमान बराबरी गर्नबाट बच्न पनि जित निकाल्न आवश्यक छ। 

यदि मुम्बईले यो खेल हारे रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्ससँग खराब कीर्तिमानीमा बराबर गर्नेछ, जसले २०१३  र २०१९ मा लगातार ६ खेल हारेर अंक तालिकाको पुछारमा रहेका थिए। दिल्लीले सन् २०१३ मा आफ्नो पहिलो चरणको ६ खेल नै पराजय भोग्यो। त्यस्तै, बेङ्गलोर २०१९ मा पहिलो चरणका ६ खेल मध्य कुनै पनि जित्न सकेन। पाँच पटकको उपाधि विजेता मुम्बई अहिले त्यही संघारमा छ। 

मुम्बईले दिल्लीसँग ४, कोलकाता नाईट राइडर्ससँग ५ र बेङ्गलोरसँग ७ विकेटले पराजित भयो। यस्तै, राजस्थान रोयल्सँग २३ र पञ्जाब किंग्ससँग १२ रनले मुम्बई पराजित भयो। 

मुम्बईलाई अहिले विदेशी खेलाडीको चिन्ता छ। पछिल्ला केही खेलमा उसले दुई मात्र विदेशी दुई खेलाडी डेवाल्ड ब्रेभिस र काइरन पोलार्डलाई निरन्तरता दिँदै आएको छ। पोलार्ड मुम्बईका प्रमुख अलराउन्डर हुन्। तर, यस सिजनमा लयमा देखिएका छैनन्। यता, दक्षिण अफ्रिकी युवा स्टार ब्रेभिसलाईले दुई खेलमा आशालाग्दो प्रदर्शन गरेका छन्। तर, कागजमा मुम्बईमा यस सिजनमा विदेशी खेलाडी कमजोर देखिएको छ।

पोलार्डलाई छाड्ने हो भने मुम्बईमा यस सिजनमा ठूला नाम गरेका स्टार विदेशी खेलाडी छैनन्। यस सिजनमा मुम्बईले ८ विदेशी खेलाडीको रुपमा पोलार्ड, टिम डेविड,  ब्रेभिस, ड्यानियल साम्स, राइली मेरिडीथ, जोफ्रा आर्चर, फबिएन एलेन र टाइमल मिल्सलाई भित्र्याएको थियो।

स्टार तीव्र गतिका बलर आर्चर यो सिजनमा उपलब्ध हुने छैनन्। विदेशी स्टार खेलाडीको कमी हुँदा यस पटक मुम्बई समस्यामा देखिन्छ। ४ विदेशी खेलाडीको प्रदर्शन आईपीएलमा निकै महत्वपूर्ण हुन्छ।

ब्याटिङमा सूर्यकुमार यादव र तिलक बर्मालाई छाड्ने हो भने अन्य लयमा देखिएका छैनन्। ओपनर इशान किशन र रोहित शर्मा लयमा नहुनु कमजोर प्रदर्शनको अर्को कारण हो। तीव्र गतिका बलर जस्प्रित बुमराह पनि यस सिजनमा चल्न सकेका छैनन्।

बुमराहले सुरुआती ५ खेलमा ४ विकेट लिएका छन्। तीन खेलमा विकेटविहीन बनेका छन्। बुमराहको उत्कृष्ट बलिङ बिना मुम्बईको आक्रामण कमजोर देखिएको छ। ट्रेन्ट बोल्ट यस सिजनमा राजस्थान रोयल्समा पुगेपछि बुमराहले राम्रो साथ पाउन सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

रोहित भर्सेस राहुल
भारतीय टोलीमा प्रायः हरेक ढाँचामा ओपनिङ पार्टनर रोहित शर्मा र केएल राहुल छन्। तर, आईपीएको यस खेलमा आ–आफ्नो टोलीको नेतृत्व गर्नेछन्। यी दुईको टोली ब्याटिङमा उनीहरूमा निर्भर हुनेछ भन्नु गलत हुनेछैन। राहुलले आफ्नो १००औं आईपीएल खेल खेल्दैछन्। उनले २०१६ यता लगातार प्रत्येक वर्ष रन बनाएका छन्।  २०१८ पछिको मात्रै कुरा गर्ने हो भने ६० इनिङ्समा २६८० रन बनाएका छन्, जुन अन्य कुनै पनि ब्याट्सम्यान भन्दा बढी हो। यो सिजन अहिलेसम्म उनी आफ्नो इनिङ्सको पहिलो बलमा दुई पटक आउट भएका छन्, तर विपक्षी टोली मुम्बई उनको रोजाइको हो।

राहुल हालसम्म उत्कृष्ट फर्ममा छैनन्, नयाँ जर्सीमा उनले ६८ (५०) र ४० (२६) को केही राम्रो खेल खेलेका छन्। तर, मुम्बईविरुद्ध राहुलले सर्वाधिक ६६१ रन बनाएका छन्। १४ इनिङ्समा ६६.१ को औसतमा बनाएको यो रन कुनै ब्याट्सम्यानले मुम्बईविरुद्ध न्यूनतम १० इनिङ्समा ५० भन्दा बढीको औसत बनाएको सबैभन्दा बढी हो।

रोहित पनि विराट कोहली र शिखर धवनलाई पछि पार्दै सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छन्। उनले यो वर्ष लगभग हरेक इनिङ्समा द्रुत सुरुआत दिए पनि पहिलो खेलमा ४१ रन बनाएपछि २८ रनको स्कोर पार गर्न सकेनन्। उनका लागि अर्को चुनौती विपक्षी बलर दुष्मन्त चमिरा हुनेछन्, जसले उनलाई टी२० क्रिकेटमा ९ इनिङ्समा ६ पटक आउट गरेका छन्। चमेराविरुद्ध रोहितको औसत ५.३ मात्रै छ।

बिश्नोईमाथि भर
मुम्बईको ब्याटिङ चार ठूला खेलाडीहरू- रोहित, इशान, सूर्यकुमार र पोलार्डमा धेरै निर्भर छ। चारै जनालाई टी२० क्रिकेटमा लेग स्पिनर रवि बिश्नोईले समस्यामा पारेका छन्। बिश्नोईविरुद्ध रोहितको ११३ को स्ट्राइक रेट छ भने किशनको १३.० को औसत र ११८ को स्ट्राइक रेट। 

३ इनिङ्समा ९ बल खेलेर कुल ८ रन बनाएर सूर्यकुमारलाई उनले दुई पटक गराएका छन्। यता, पछिल्ला ४ इनिङ्समा आउट नभए पनि बिश्नोईको अगाडि पोलार्डको स्ट्राइक रेट ७९ छ।

 एलनको खोजी
मुम्बईले अहिलेसम्म आफ्नो उत्कृष्ट इलेभेन भेट्टाउन संघर्ष गरेको छ। तर,  बेङ्गलरविरुद्धको अन्तिम खेलमा सूर्यकुमारलाई साथ दिने कुनै पनि ब्याट्सम्यान नभएपछि पाँच बलर खेलाउने मुम्बईको निर्णय गलत सावित भयो। यस्तो अवस्थामा फेबियन एलन राम्रो विकल्प हुन सक्छन्। 

एलेनले टी२० क्रिकेटमा २१.४ को सम्मानजनक औसत र १४९ को स्ट्राइक रेटमा रन बनाएका छन्। र, १६औं र अन्तिम ओभर बीचको चरणमा उनको स्ट्राइक रेट १८४ मा पुग्छ। 

आवेशको लय
आवेश खानले आफ्नो टोलीका लागि पाँच खेलमा आठ विकेट लिएका छन्। उनले मुम्बईविरुद्ध ६ ओभर बलिङ गरेका छन् र मात्र ३० रन दिएर पाँच विकेट लिएका छन्।

त्यसैले आवेशलाई यो सिजन लखनऊले दिल्लीबाट तानेर आफ्नो टोलीमा सिनियर फास्ट बलर जिम्मेवारी दिँदा कुनै गल्ती नगरेको बुझ्न सकिन्छ। यद्यपि, मुम्बईविरुद्ध उनले गत सिजन दुई खेलमा बलिङ गरे, जसको नतिजा २/१५ र ३/१५ थियो। यसले उनलाई मुम्बईविरुद्ध ६ रनको औसत र प्रतिओभर ५ रनको इकोनोमी दिएको छ। तर, रोचक कुरा के छ भने उनी पहिलो पटक मुम्बईविरुद्ध मुम्बईमा बलिङ गर्दैछन्।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्