काठमाडौं- नेपालले टेस्ट मान्यताप्राप्त अफ्रिकी देश जिम्बाबेको ए टिमसँग खेल्ने सिरिजको खेल तालिका सार्वजनिक भएको छ।
नेपालले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जिम्बाबेसँग तीन एकदिवसीय र तीन टी२० खेल्ने छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार वैशाख १७ देखि २६ गतेसम्म दुई टोलीबीच दुई सिरिज आयोजना हुनेछ।
जिम्बाबेको टोली १५ वैशाखमा नेपाल आइपुग्ने क्यानले जनाएको छ। १७ गतेदेखि एकदिवसीय सिरिज सुरु हुनेछ। पहिलो खेल १७ गते, दोस्रो खेल १९ गते र तेस्रो खेल २१ गते हुनेछ।
त्यसपछि टी२० सिरिज सुरु हुनेछ। वैशाख २३, २५ र २६ गते टी२० खेल हुनेछ। टेस्ट मान्यताप्राप्त देशको ए टिम भएको हुनाले यी खेलहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले लिस्ट ए को मान्यता दिने सम्भावना रहेको क्यानले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।