काठमाडौं– इङ्ल्यान्ड महिला क्रिकेट टोलीकी अन्या श्रबसोलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्।
उनले झण्डै १४ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेकी हुन्। आन्याले १०१७ को विश्वकपको फाइनलमा भारतविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेकी थिइन्।
लर्ड्समा भएको उक्त खेलमा अन्याले ४६ रनमा ६ विकेट लिएकी थिइन्। आन्या दुई पटक विश्वकप विजेता र एशेज विजेता टोलीको सदस्य पनि भइन्। समरसेटबाट घरेलु क्रिकेटमा डेब्यू गरेकी अन्याले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटका १७३ खेल खेलेकी छन्।
आन्या एकदिवसीय क्रिकेटमा इङ्ल्यान्डका लागि चौथो सर्वाधिक विकेट लिने खेलाडी हुन्। यता, टी२० मा उनी इङ्ल्यान्डका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। अन्याले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि घरेलु क्रिकेटलाई भने निरन्तरता दिने छिन्।
आफ्नो सन्यासको घोषणा गर्दै अन्याले भनिन्,‘१४ वर्षसम्म आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो। मैले कहिले पनि इङ्ल्यान्डबाट यति लामो समय खेल्न पाउँछु भन्ने सोचेकी थिइनँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।