काठमाडौं– मलेसिया क्लब–११ प्रो–क्लब च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा उत्तर प्रदेश–११ लाई १४ रनले पराजित गर्दै मलेसिया फाइनलमा पुगेको हो।
बर्षाका कारण आउट फिल्ड ओसिलो भएपछि निर्धारित २० ओभरको खेललाई ५ ओभरमा झारिएको थियो। मलेसियाले ५ ओभरमा ४४ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको उत्तर प्रदेशले ५ ओभरमा ४ विकेट गुमाएर ३० रन मात्रै बनाउन सक्यो।
उत्तर प्रदेशका लागि शुभम चौधरीले ११, राज यादवले ६ र विवेक सिंहले ५ रन बनाए।
मलेसियाका लागि बिरन्दीप सिंहले २ विकेट लिए। यता, विजयी उन्नी र सेइद अजिजले एक/एक विकेट लिए ।
त्यसअघि भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ५ ओभरमा ३ विकेट गुमाउँदै ४४ रन बनायो।
मलेसियाका लागि सेइद अजिजले सर्वाधिक २३ रन बनाए। यता, ओपनर बिरन्दीप सिंहले अविजित २० रन बनाए।
मलेसियाले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको थियो
बलिङमा उत्तर प्रदेशका राज यादवले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।